IME Life New

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्र आजदेखि बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आज असार ३२ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डको अनुमतिपछि बैंकले ‘शाइन रेसुंगा डिबेन्चर’ नामक ऋणपत्रका इकाइहरु बिक्री गर्न लागेको हो। बैंकले यस ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १ अर्ब रुपैयाँबराबरको १० लाख इकाइ जारी गर्नेछ।

बैंकले कुल इकाइमध्ये ६ लाख कित्ता इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी ४ लाख इकाइ सर्वसाधारणलाई छुट्याइएको छ। सर्वसाधारणलाई छुट्याइएको इकाइमध्ये ५ प्रतिशतले हुन आउने २० हजार कित्ता इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी ३ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ।

Esewa
Crest

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा ५ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्।शाइन रेसुंगा बैंकको ऋणपत्र बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

यस ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ४ गते हुनेछ। यो अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा ऋणपत्रको निष्कासन समय साउन १४ गतेसम्म लम्बिन सक्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS