काठमाडौं । शिखर पावर डेभलपमेन्ट आइपीओ जारी गर्ने अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले आज शिखर पावरलाई ३२ करोड रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति दिएको हो। अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३२ लाख कित्ता आइपीओ निष्कासन गर्नेछ।
यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।












