IME Life New

शौर्य सिमेन्ट इण्डष्ट्रिजद्वारा उदयपुरका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले उदयपुर जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ। कम्पनीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरेको हो । यस अभियानमार्फत ४५० भन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएको कम्पनीले जनाएको छ ।

यस अन्तर्गत विद्यार्थीहरूलाई कापी, कलम, झोला, पेन, ज्योमेट्रिक बक्सजस्ता व्यक्तिगत शैक्षिक सामग्री उपलब्ध गराइएको छ भने विद्यालयहरूलाई डस्टबिन, वाटर फिल्टर, जग र पाठ्यपुस्तक समेत हस्तान्तरण गरिएको छ। यसबाट विद्यालयको सिकाइ वातावरण थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Esewa
Crest

सहयोग प्राप्त गर्ने विद्यालयहरूमा श्री रुपैरानी आधारभूत विद्यालय (आहाले), जनता आवासीय विद्यालय (थलियाटार), वीरेन्द्र आवासीय विद्यालय (भन्टाबारी) र श्री आधारभूत विद्यालय (बबेला) रहेका छन्। यसअघि पनि शौर्य सिमेन्टले कटारी नगरपालिका–७, मर्जेतपुरस्थित श्री सरस्वती आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

वितरण कार्यक्रम विद्यालयका प्राचार्य, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा शौर्य सिमेन्टको खानी तथा ब्राण्ड टोलीको उपस्थितिमा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS