IME Life New

शेयर बजार २४ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ४० करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २४ दशमलव ५७ अंकले बढेर २,६५१ को विन्दुमा कायम भएको छ । आज २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको शेयर मूल्य मात्रै घटेको छ ।

आज दिनभरिमा ३५२ कम्पनीको ९५ करोड १९ लाख ४५२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड माथिको शेयर कारोबार भएको हो । हिजो तुलनामा आज शेयर कारोबार रकम भने घटेको हो । आज सबैभन्दा धेरै केबिएल डिबेञ्चरको कारोबार भएको छ । आज यसको २० करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एग्रिकल्चर डिबेञ्चरको १७ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १६ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै कालंगा हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आरबीबी फोकस ४० का इकाईधनीले १३ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् । सानिगाढ हाइड्रोका लगानीकर्ताले १० दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३ दशमलव ७८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS