IME Life New

शेयर बजारमा ७.२५ अंकको वृद्धि, कारोबार रकम ६ अर्ब ६७ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ७ दशमलव २५ अंकले बढेर २,७२६ को विन्दुमा कायम भएको छ । आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४३ कम्पनीको १ करोड ४९ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ३१ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । कालंगा हाइड्रोका लगानीकर्ताले ७ दशमलव ५० प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल बालाजुका लगानीकर्ताले ७ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नबिल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ दशमलव ४४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS