IME Life New

ट्रेड टावरको शेयर बुधबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रेड टावरको शेयर भोलि बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

ट्रेड टावरको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भएसँगै भोलिबाट कारोबारमा आउने भएको हो। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।

Esewa
Crest

नेप्सेमा ट्रेड टावरको कुल ८१ लाख ५६ हजार ९७ कित्ता साधारण शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ३९ लाख ७१ हजार ६९३ कित्ता (४८.६९६ प्रतिशत) र संस्थापक समूहको ४२ लाख ८४ हजार ४०४ कित्ता (५१.३०४ प्रतिशत) रहेको छ।

नेप्सेले ट्रेड टावरलाई ‘टीटीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १२३.०९ रुपैयाँ र अधिकतममा ३६९.२७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

अब भोलिको स्पेसल प्रि–ओपन सेसनमा ट्रेड टावरको शेयर किनबेच भएको खण्डमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

ट्रेड टावरले सर्वसाधारणका लागि गत जेठ १४ गतेदेखि २० गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा असार १ गते गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS