IME Life New

सर्वसाधारण र संस्थापक समूहको शेयर अब एउटै आईजीनमा कारोबार गर्न मिल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा अब कम्पनीको सर्वसाधारण र संस्थापक शेयर एउटै इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईजीन)मा कारोबार गर्न पाइने भएको छ।

सीडीएससीले तयार गरेको आईजीनसम्बन्धी कार्यविधिमा यस्तो व्यवस्था गरिएको हो। योसँगै अब कुनै पनि कम्पनीको संस्थापक शेयर लकइन अवधि (३ वर्ष) सकिएपछि सर्वसाधारण समूहमै राखेर कारोबार गर्न सकिने भएको छ।

Esewa
Crest

हाल बजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको संस्थापक शेयर छुट्टाछुट्टै आईजीनमा कारोबार गर्ने व्यवस्था रहेको छ। अब भने एउटै आईजीनमा पनि कारोबार गर्न मिल्ने व्यवस्था गरिएको सीडीएससीकी प्रबन्ध सञ्चालक प्रवीण पन्दाकले जानकारी दिइन्।

पन्दकले पहिले–पहिले कम्पनी हरेर कुनैलाई २ वटा र कुनैलाई एउटा आईजीन दिने प्रवृत्तिलाई नयाँ कार्यविधिले अन्त्य गरेको बताइन्। ‘अब सबै कम्पनीलाई समान नियम लागू हुनेछ’, उनले भनिन्।

करिब १५ वर्षपछि आईजीनसम्बन्धी कार्यविधि ल्याउन सफल भएको पन्दाकले बताइन्। ‘अब कुनै पनि कम्पनीको संस्थापक समूहको शेयर ३ वर्षको लकइन अवधि सकिएपछि एउटै आईजीनमा राखेर कारोबार गर्न मिल्नेछ’, उनले भनिन्, ‘यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डसँग स्वीकृति लिनुपर्छ।’

पन्दाकले सर्वसाधारण र संस्थापक शेयर अनिवार्य रुपमा छुट्टाछुट्टै आईजीनमा कारोबार गर्नुपर्ने भनेर बजारमा आएका खबरमा कुनै सत्यता नरहेको बताइन्। ‘सर्वसाधारणलाई छलेर वा मिति सच्चाएर भने संस्थापक शेयरलाई साधारण शेयर सरह बेच्न भने पाइँदैन’, उनले भनिन्, ‘बजारमा त्यस्ता प्रवृत्ति पनि देखिएको छ, अब भने त्यस्ता कार्य गर्न पाइँदैन। त्यस्ता गलत कार्य गरे धितोपत्र ऐनबमोजिम कारबाही हुनेछ।’

त्यस्ता कार्य गर्ने केही कम्पनीलाई कारबाही गर्न सीडीएससीले धितोपत्र बोर्डमा सिफारिस गरिसकेको पनि पन्दाकले बताइन्। ‘धितोपत्र बोर्डले छानबिन गर्दै होला, कारबाही पनि होला’, उनले भनिन्।

कम्पनीले आफ्नो साधारणसभाबाट अनुमोदन गरी नियामक निकायहरुको स्वीकृतिपछि मात्रै लकइन सकिएको शेयर साधारण शेयर समूहमै राखेर कारोबार गर्न मिल्ने पन्दाकले बताइन्। ‘यदि कम्पनीले सर्वसाधारण र संस्थापक शेयर छुट्टाछुट्टै समूहमा राखेर कारोबार गर्छौं भन्छ भने त्यसका लागि पनि हामी अनुमति दिन्छौँ’, उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

5%
excited

उत्साहित

5%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS