IME Life New

एसवाई प्यानलको शेयर बुधबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसवाई प्यानलको शेयर नेपालको शेयर भोलि बुधबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

एसवाई प्यानलको शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार आउने भएकोले यो कम्पनीको शेयर भोलिबाट कारोबारमा आउने भएको हो।

Esewa
Crest

नेप्सेमा एसवाई प्यानलको कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ५२ लाख ३२ हजार ५४८ कित्ता (४० प्रतिशत) र संस्थापकको ७८ लाख ४८ हजार ८२३ कित्ता (६० प्रतिशत) रहेको छ।

नेप्सेले एसवाई प्यानललाई ‘एसर्वापीएनएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतम १०६.६१ रुपैयाँदेखि अधिकतम ३१९.८३ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ।
अब भोलि स्पेसल प्रि–ओपन सेसनमा यदि यो कम्पनीको शेयर दिइएको रेन्जभित्र कारोबार भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

एसवाई प्यानलले गत कात्तिक १९ गतेदेखि कात्तिक २३ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा गत कात्तिक ३० गते बाँडफाँट गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS