IME Life New

श्रीनगर एग्रीटेकको शेयर आइतबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको शेयर आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ।

श्रीनगर एग्रीटेकको आइपीओ आज शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि शनिबार परेको यो कम्पनीको शेयर आइतबारबाट कारोबारमा आउने भएको हो।

Esewa
Crest

श्रीनगर एग्रीटेकको कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ३२ लाख ६२ हजार ५०० कित्ता (२० प्रतिशत) र संस्थापकको १ करोड ३० लाख ५० हजार कित्ता (८० प्रतिशत) रहेको छ।

नेप्सेले श्रीनगर एग्रीटेकलाई ‘एसएआईएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १००.५९ रुपैयाँदेखि अधिकतममा ३०१.७७ रुपैयाँ तोकेको छ। अब आइतबार स्पेसल प्रिसेसनमा यदि यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

श्रीनगर एग्रीटेकले सर्वसाधारणका लागि गत असोज २६ गतेदेखि असोज २९ गतेसम्म आइपीओ बिक्री खुलेको थियो। यो आइपीओको बाँडफाँट धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा कात्तिक १२ गते गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS