IME Life New

सर्वोत्तम पेन्ट्सको शेयर बिहीबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको शेयर भोलि बिहीबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

सर्वोत्तम पेन्ट्सको आइपीओ आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोहीबमोजिम यो कम्पनी शेयर भोलिबाट कारोबारमा आउने भएको हो।

Esewa
Crest

नेप्सेमा सर्वोत्तम पेन्ट्सको १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ८ लाख ५० हजार कित्ता (२५ प्रतिशत) र संस्थापकको २५ लाख ५० हजार कित्ता (७५ प्रतिशत) रहेको छ।

पहिलो कारोबारका लागि नेप्सेले सर्वोत्तम पेन्ट्सलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले ‘एसएपीआईएल’ पाएको छ।

अब भोलि बिहीबार स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

सर्वोत्तम पेन्ट्सले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने असार ११ गते गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS