काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्टको शेयर आज शुक्रबारबाट दोस्रो बजारमा नियमित सत्रका लागि कारोबार खुलेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र कारोबार भएपछि पाल्पा सिमेन्ट र शिखर पावरको शेयर कारोबार खुलेको हो। यी दुवै कम्पनीको आइपीओ बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।
पहिलो कारोबारका लागि नेप्सेले पाल्पा सिमेन्टलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ र शिखर पावरलाई प्रतिकित्ता न्यूनतम ९४.७८ रुपैयाँदेखि अधिकतममा २८४.३४ रुपैयाँ तोकेको थियो। स्पेसल प्रिसेसनमा पाल्पा सिमेन्टको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा कारोबार भएको छ भने शिखर पावरको प्रतिकित्ता २८४.३० किनबेच भएको छ।
अब आजको नियमितसत्र यही मूल्यबाट यी दुवै कम्पनीको शेयर कारोबार खुल्नेछ।












