काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा बचत गर्न सुन नकिन्न मानिसहरुलाई अपिल गरेका छन्। यो अपिलसँगै सोमबार ज्वेलरी कम्पनीहरुको शेयरभाउमा उल्लेखनीय गिरावट आएको छ।
प्रमुख ज्वेलरी कम्पनीहरुको शेयरभाउ १० प्रतिशतभन्दा बढीले घटेको छ। स्काई गोल्डको शेयरभाउ सबैभन्दा बढी घटेको छ। यो कम्पनीको शेयरभाउ १२ प्रतिशतले घटेको छ।
यसैगरी सेन्कोको शेयरभाउ पनि लगभग ११ प्रतिशत र कल्याण ज्वेलर्सको शेयरभाउ १० प्रतिशतले घटेको छ।
क्षेत्रगत सूचकांकहरु रातो भएका छन्। निफ्टी कन्ज्युमर ड्युरेबल्स सूचकांक सबैभन्दा बढी ३ प्रतिशतले घटेर कारोबार भइरहेको छ। –एजेन्सी












