IME Life New

वाणिज्य बैंकहरुको ३४.५५%ले बढ्यो शेयर धितो कर्जा प्रवाह, कुन बैंकले कति दिए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्य क्षेत्रबाट कर्जाको माग सुस्ताउँदा वाणिज्य बैंकहरुले भने शेयर बजारमा कर्जा लगानी बढाएका छन्। शेयर बजारमा वाणिज्य बैंकहरुले आक्रामक ढंगले कर्जा प्रवाह गरिरहेका हुन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले १ खर्ब ३६ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका छन्। यी बैंकहरुले गत आर्थिक वर्ष २०८१।८२ को चैतसम्म १ खर्ब १ अर्ब ६० करोड ७० लाख रुपैयाँ शेयर लोन दिएका थिए। यो हिसाबले समीक्षा अवधिमा बैंकहरुले प्रवाह गरेको शेयर लोन अघिल्लो वर्षको तुलनामा ३४.५५ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म सबैभन्दा धेरै शेयर लोन दिने बैंकमा नबिल रहेको छ भने वृद्धिदरका हिसाबले कृषि विकास बैंक अगाडि रहेको छ। अघिल्लो वर्षको चैतसम्मको तुलनामा समीक्षा अवधिमा १६ वटा बैंकबाट गएको शेयर लोन बढेको छ भने ३ वटाको घटेको छ।

चालु आर्थिक वर्षको चैतसम्म नबिल बैंकले १७ अर्ब ४० करोड ८ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ। जुन अघिल्लो वर्षको चैतसम्मको तुलनामा १९.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष चैतसम्ममा बैंकले १४ अर्ब ५० करोड ७१ लाख रुपैयाँ शेयर लोन दिएको थियो।

दोस्रो धेरै शेयर लोन प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष चैतसम्म ११ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ शेयर लोन दिएको बैंकले समीक्षा अवधिसम्म १७.८५ प्रतिशतले बढाएर १३ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ पुर्याएको छ।

धेरै शेयर लोन दिने कुमारी तेस्रो बैंक हो। यो बैंकले चालु वर्षको चैतसम्म १० अर्ब ९३ करोड रुपैयाँ शेयर लोन दिएको छ। अघिल्लो वर्ष चैतसम्ममा बैंकले ९ अर्ब १३ करोड ९४ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकबाट गएको शेयर लोन १९.५९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म सबैभन्दा कम शेयर लोन दिने बैंकमा नेपाल एसबीआई बैंक रहेको छ भने नेपाल बैंकको १५.०९ प्रतिशत, सिटिजन्स बैंकको १४.०२ प्रतिशत र नेपाल एसबीआईको ८.६५ प्रतिशत घटेको छ। कर्जा प्रवाहको वृद्धिदर १७९.७१ प्रतिशतका साथ कृषि विकास बैंक अगाडि रहेको छ।

कसले कति दिए शेयर लोन ?

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS