IME Life New

बन्दीपुर केबलकारको शेयर भोलिबाट कारोबारमा आउने, प्रतिकित्ता अधिकतम रेन्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजमको शेयर भोलि मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

बन्दीपुर केबलरको आइपीओ आज नेप्सेमा सूचीकृत भएको हो। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।

Esewa
Crest

नेप्सेमा बन्दीपुर केबलकारको कुल २ करोड ८३ लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड २४ लाख ४० हजार कित्ता (७९.२९ प्रतिशत) र सर्वसाधारण समूहको ५८ लाख ६० हजार कित्ता (२०.७१ प्रतिशत) रहेको छ।

नेप्सेले बन्दीपुर केबलकारलाई ‘बन्दीपुर’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९५.२४ रुपैयाँ र अधिकतम २८५.७२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

अब भोलि स्पेसल प्रि–ओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र यो कम्पनीको शेयर किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

बन्दीपुर केबलकारले गत भदौ ११ गतेदेखि भदौ १५ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओ भदौ ३० गते धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS