IME Life New

नेप्सेमा २४ अंकको गिरावट, २३५ कम्पनीको शेयर मूल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २४ दशमलव ६३ अंकले घटेर २,६०८ को विन्दुमा कायम भएको छ । आज ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३६५ कम्पनीको ८७ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । टक्सार पिखुवाखोलाको ११ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ९ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १३ दशमलव ०४ प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले १० दशमलव ८० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै टक्सार पिखुवा खोलाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ०३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS