IME Life New

नेप्सेमा ५ अंकको गिरावट, १८७ कम्पनीको शेयर मूल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको दोस्रो कारोबार दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ३० अंकले घटेर २,५९४ को विन्दुमा कायम भएको छ । आज ७८ कम्पनीको शेयर भाउ बढेको छ भने १८७ कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३५७ कम्पनीको १ करोड ४४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोड माथिको शेयर कारोबार भएको छ । आज मकर जितुमाया हाइड्रोको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ९० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १७ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । सोलु हाइड्रोको १३ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानकिर्ताले १४ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । नाडेप लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । एभरेष्ट कलरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएकाछन् ।

आज धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यस लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS