काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । हिजो भारी अंकले बढेर नेप्से आज ९ दशमलव ४३ अंकले घटेर २,७०५ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९२ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिका पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका हुन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावरका लगानीकर्ताले ५ दशमलव ५० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ५ दशमलव ८९ प्रतिशतका दरले गुमाएका हुन् ।












