IME Life New

शेयर बजारमा झिनो गिरावट, कारोबार रकम २ अर्ब ४५ करोडमा सीमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ०३ अंकले घटेर २,७३० को विन्दुमा कायम भएको छ । आज ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३९ कम्पनीको ५८ लाख २८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शासह उर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको ७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै इङ्वा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले ६ दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् । सगरमाथा जलविदूतका लगानकिर्ताले ३ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै निफ्र ऊर्जा ऋणपत्रका इकाइृधनीले गुमाउका छन् । आज यसका इकाईधनीले ५ दशमलव २६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS