IME Life New

शेयर बजारमा ३४ अंकको गिरावट, कारोबार रकम ४ अर्ब २६ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३४ दशमलव ६३ अंकले घटेर २,७०४ को विन्दुमा कायम भएको छ । आज २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४१ कम्पनीको १ करोड ७४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २६ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १७ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १५ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । झापा इनर्जीका लगानीकर्ताले ७ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सेञ्चुरी डिबेञ्चरका इकाईधनीले २ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १२ दशमलव ५८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS