IME Life New

आज शेयर कारोबार बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हालको परिस्थितिलाई ध्यानमा राखेर आज मंगलबारको शेयर कारोबार स्थगन गरेको छ।

नेप्सेले आज एक सूचना जारी गर्दै शेयर कारोबार स्थगन गरिएको जानकारी गराएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लाको चक्रपथभित्र कर्फ्यु आदेश जारी गरेको र धेरै कारोबार सदस्य (ब्रोकर) तथा लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भएकोले कारोबार स्थगन गरिएको सूचनामा उल्लेख छ।

Esewa
Crest

नेप्सेले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१)अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको जनाएको छ।

जेनजीको सम्भावित आन्दोलनलाई लिएर उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा स्थानीय प्रशासनले आज बिहानैबाट कर्फ्यु आदेश जारी गरेका छन्। काठमाडौंसहित देशभर सोमबार भएको जेनजी आन्दोलनमा १९ जनाको ज्यान गएको थियो भने सयौँ घाइतेको उपचार भइरहेको छ।

जेनजीले भ्रष्टाचार, भ्रष्टाचारी र बेथितिविरुद्ध आन्दोलन सुरु गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS