IME Life New

आजसम्म कायम शेयरधनीले आरएसडीसी लघुवित्तको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज कात्तिक २४ गते अन्तिम दिन रहेको छ।

संस्थाले गत आर्थिक वर्ष २०८१।८२ को लाभांश वितरण गर्न र वार्षिक साधारणसभा प्रयोनार्थ भोलि कात्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज कात्तिक २४ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

संस्थाको १२ औँ वार्षिक साधारणसभा आउँदो मंसिर १२ गते डाकिएको छ। सभा रुपन्देहीको बुटवलस्थित वेस्टर्न एसियन होटलमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ। जसअनुसार संस्थाले शेयरधनीहरुलाई ८ करोड २७ लाख २५ हजार १५३.३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

सभाले अन्य उपयुक्त लघु वित्तीय संस्था मर्जर तथा प्राप्तिका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बनधी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS