IME Life New

आजसम्म कायम शेयरधनीले नारायणी डेभलपमेन्ट बैंकको हकप्रद भर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुरक्षित गर्ने आज भदौ ८ गते अन्तिम दिन रहेको छ।

बैंकले हकप्रद निष्कासन प्रयोजनार्थ भोलि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ ८ गतेसम्म कायम शेयरधनीहरुले यो बैंकको हकप्रद शेयर भर्न पाउनेछन्।

Esewa
Crest

गत साउन १५ गते नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको थियो। अब बैंकले आफ्ना शेयरधनीहरुलाई २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।

हकप्रद शेयर बिक्रीपछि बैंकको चुक्तापुँजी ५२ करोड ४९ लाख ३५ हजार ४०० रुपैयाँ पुग्नेछ। बैंकको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS