IME Life New

आजसम्म कायम शेयरधनीले मञ्जुश्री फाइनान्सको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज असोज २१ गते अन्तिम दिन रहेको छ।

कम्पनीले वार्षिक साधारणसभासभा र लाभांश प्रयोजनार्थ भोलि असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

कम्पनीले आफ्नो १८औँ वार्षिक साधारणसभा यही असोज ३१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँ ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८१।८२का लागि प्रस्तावित करसहित कुल १५ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। सोही सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ।

सभाले प्रबन्धपत्र र निमायवलीमा संशोधनसँगै नियमनकारी निकायबाट प्राप्त निर्देशन वा सुझावअनुसार कार्य गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्षका वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS