IME Life New

आजसम्म कायम शेयरधनीले कामना सेवा विकास बैंक र युनिभर्सल पावरको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज असोज ७ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवैले भोलि असोज ८ गते बुक क्लोज गर्दैछन्। यसको अर्थ आज असोज ७ गतेसम्म कायम शेयरधनीहरु यी दुवैको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

कामना सेवा विकास बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा असोज २४ गते आयोजना गर्दैछ। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार १९५.४० रुपैयाँको कुल १५.७८९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने ३५ करोड १० लाख ८४ हजार ६१९.५४ रुपैयाँबराबरको बोनस शेयर र ५.७८९५ प्रतिशतले हुन आउने २० करोड ३२ लाख ६० हजार ४४०.४८ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।

बोनस शेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि गर्न बैंकको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा थपघट गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

यसैगरी युनिभर्सल पावर कम्पनीले असोज २३ गते वार्षिक साधारणसभा डाकेको छ। सभा ललितपुरको तीखेदेवलस्थित दरबार रेस्ट्रो होटल एन्ड पार्टी भेन्युमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि हाल कायम चुक्तापुँजीको कुल ९.४७३७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। जसमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश छन्।

सभाले लाभांश वितरणपछि कायम हुने चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९।८० देखि आर्थिक वर्ष २०८१।८१ सम्मको सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेस गर्ने वार्षिक प्रतिवेदन अनुमोदन गर्नेछ। सभाले त्यस अवधिको लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

सभाले चालु आर्थिक वष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS