काठमाडौं । नेप्सेमा चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सिनर्जी पावर, सन नेपाल लाइफ, शिखर इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको हो । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरी मूल्य समायोजन गरेको हो ।
सिनर्जी पावरको हिजो आइतबार कायम अन्तिम शेयरमूल्य ४३० रुपैयाँ २० पैसाका आधारमा नेप्सेले १० प्रतिशत बोनश शेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३९१ रुपैयाँ ९ पैसा कायम भएको छ ।
सन नेपाल लाइफको ५ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँ ५२ पैसा कायम भएको छ । कम्पनीको आइतवार कायम अन्तिम शेयरमूल्य ५१४ रुपैयाँको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।
शिखर इन्स्योरेन्सको ६ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरी नेप्सेले प्रतिकित्ता ६१५ रुपैयाँ तोकेको छ । आइतवार कायम अन्तिम शेयरमूल्य ६५१ रुपैयाँ ९० पैसाका आधारमा नेप्सेले शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत बोनश शेयर पछिको मूल्य समायोजन गरी प्रतिकित्ता १ हजार ६५० रुपैयाँ तोकेको छ । आइतवार कायम अन्तिम शेयरमूल्य १ हजार ८१५ रुपैयाँको आधारमा यस कम्पनीको मूल्य समायोजन भएको हो ।


















