IME Life New

शेयर बजारमा सामान्य गिरावट, १५१ कम्पनीको शेयर मूल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसुचक ४ दशलमव १५ अंकले घटेर २,५६१ को विन्दुमा कायम भएको छ । आज ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२७ कम्पनीको ८६ करोड ४७ लाख ८८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । यस कम्पनीको ४८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसबिएल डिबेञ्चर २०८९ को २४ करोड ९०लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै दरमखोला हाइड्रोपावर, बुङगल हाइड्रो र सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । माबिलुङ इनर्जीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS