IME Life New

नेप्सेमा दुई बैंकको शेयरमूल्य समायोजन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई वाणिज्य बैंकहरुको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको मूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई बैंकहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन दुबैं बैंकहरुको ५–५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सिद्धार्थको शेयरमूल्य ३४९ रुपैयाँ ५२ पैसा कायम भएको छ भने सिटिजन्सको २०२ रुपैयाँ कायम भएको छ।

Esewa
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी बैंकहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन दोस्रो बजारमा सिद्धार्थ बैंकको शेयर प्रतिकित्तक ३६७ रुपैयाँमा कारोबार भएको थियो सिटिजन्सको शेयर प्रतिकित्ता २१२ रुपेयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी बैंकहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS