IME Life New

नेप्सेमा चार लघुवित्तको शेयर मूल्य समायोजन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्सेमा चार वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त,मिथिला लघुवित्तको बोनश शेयरमा मूल्य समायोजन भएको हो। यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरी मूल्य समायोजन गरेको हो ।

मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात शेयरमूल्य १३२५ रुपैयाँ ९५ पैसा कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १५१४.९० रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो ।

Esewa
Crest

त्यसैगरि सपोर्ट लघुवित्तको ९.५० प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात शेयरमूल्य १७ सय २२ रुपैयाँ ३७ पैसा कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १८ सय ८६ रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो ।

छिमेक लघुवित्तको १२ दशमलव ५ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात शेयरमूल्य ९२८ रुपैयाँ ८० पैसा कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १०४४.९० रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो ।

डिप्रोक्स लघुवित्तको ८ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात शेयरमूल्य ८ सय रुपैयाँ कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ८ सय ८० रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS