काठमाडौं । रसुवा बाढी विपद्मा शंकर ग्रुपले सहयोग गरेको छ । यस सङ्कटको घडीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक दाजुभाइ–दिदीबहिनी तथा सरकारी अधिकारीहरूले तत्परताका साथ उद्धार तथा राहत कार्यमा खटिएकोमा शंकर ग्रुप परिवारको तर्फबाट हार्दिक आभार र सम्मान व्यक्त गरेको छ ।
विपद्पीडित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले शंकर ग्रुपकी निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीलाई प्रधानमन्त्री राहत कोषमा रु. ४ करोडको चेक हस्तान्तरण गरेका छन् ।
यसका साथै विपद्को तेस्रो दिनमै शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका मुख्य जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकहरूको अस्थायी आश्रयका लागि रु. २५ लाख बराबरका २,५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराइसकेको छ ।












