IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटि स्पामा छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटि स्पाबीच छुट सम्बन्धि सम्झौता सम्पन्न भएको छ । जस अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पाका विभिन्न सेवामा छुट पाउने छन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कर्मचारीेलाई व्यक्तिगत स्पामा २५ प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत तथा यस बैंकमा खाता खोलेका ग्राहकका लागि व्यक्तिगत स्पामा २० प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।

यस सम्बन्धि सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका बरिष्ठ नायव महाप्रवन्धक अपूर्व प्रसाद जोशी र ट्रांक्यूलिटि प्रालिका लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गरे । यो सम्झौता २०८३ साउनदेखि दुई बर्षका लागि लागू हुने छ ।

Esewa
Crest

यस सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैकका कर्मचारी तथा ग्राहक महानुभावलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS