IME Life New

एक्चुअरियल सोसाइटी अफ नेपालको सातौँ वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्चुअरियल सोसाइटी अफ नेपाल (एएसएन) ले आफ्नो सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा ललितपुरको होटल सांग्रिला ब्लूमा सफलतापूर्वक सम्पन्न गरेको हो । जसमा जीवन निर्जीवन तथा लघु बीमा उद्योग र नेपाल बीमा प्राधिकरणका बीमांकीय विद्यार्थीहरू र विश्लेषकहरूको उत्साहजनक सहभागिता थियो।

वार्षिक साधारण सभामा अध्यक्षले आफ्नो मन्तव्य दिँदै संस्थागत प्रगतिको कामना गरेका थिए । साथै सभामा कोषाध्यक्षले संगठनात्मक प्रगति, वित्तीय प्रतिवेदन, सदस्यता वृद्धि र रणनीतिक प्राथमिकताहरू बारे प्रस्तुतिहरू दिएका थिए ।

Esewa
Crest

सभामा अर्थपूर्ण छलफल हुनुको साथै, नेटवर्किङ र निर्वाचन समितिद्वारा सञ्चालित लोकतान्त्रिक निर्वाचन भएको थियो ।

सभाले नयाँ कार्यसमीति गठन गरेको छ । गठन भएको नयाँ कार्यसमीतिको अध्यक्षमा प्रेक्षा माथेमा (हिमालयन एभरेष्ट इन्स्योरेन्स), उपाध्यक्षमा सोमराज शर्मा, (शिखर इन्स्योरेन्स), सचिवमा सम्भवी पोखरेल, (नेपाल बीमा प्राधिकरण), कोषाध्यक्षमा विनम्र भट्टराई, (युनाइटेड अजोड इन्स्योरेन्स), कार्यसमिति सदस्यमा असीम श्रेष्ठ, (एनएलजी इन्स्योरेन्स) रहेका छन् ।

एएसएनले सबै सदस्यहरूलाई उनीहरूको सक्रिय सहभागिताको लागि र निवर्तमान कार्यकारी समितिलाई उनीहरूको समर्पित सेवाको लागि हार्दिक आभार व्यक्त गरेको छ ।

एएसएनले नवनिर्वाचित नेतृत्वलाई सफल र प्रभावशाली कार्यकालको शुभकामना व्यक्त गर्नुको साथै, नेपाल बीमांकी संघलाई अझ सशक्त बनाउँदै बीमा उद्योगसँगको सहकार्यलाई अझ मजबुत बनाउनेमा विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS