IME Life New

सेग्वेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा चार नयाँ मोडेल सार्वजनिक गर्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनप्रतिको चासो निरन्तर बढ्दै गएको छ । यही पृष्ठभूमिमा आइहब प्रा.लि., सेग्वे–नाइनबोटको नेपालका अधिकृत वितरकले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको छ।

राजधानी काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजना हुने यो पाँच दिने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ, जसमा सेग्वेका नयाँ मोडेल प्रमुख आकर्षण हुने अपेक्षा गरिएको छ।

Esewa
Crest

कम्पनीका अनुसार, यस पटक नेपाली बजारका लागि ल्याउन लागिएका मोडेलहरूमा दुई ई–स्कूटर (‘ई१५० एमके२’ र ‘ई१२५ एमके२’), एक ई–बाइक (‘जाइबर’) र एक ई–साइकल (‘जाफारी’)) समावेश छन्। यी मोडेलहरू शहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको छ।

‘सेग्वे ई१५० एमके२’ मा ७५०० वाट मोटर र दुईवटा १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ९० कि.मी.÷घण्टा गति लिन सक्छ र ७५ देखि १२० कि.मी. सम्म यात्रा गर्न सक्छ। ‘सेग्वे ई१२५ एमके२’ मा ३६०० वाट मोटर र १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले ७० कि.मी.÷घण्टा सम्मको गति लिन सक्छ र ६० देखि १०० कि.मी. सम्मको दायरा दिनेछ।

‘सेग्वे जाइबर ई–बाइक’ मा ३००० वाट हब मोटर र १४४० वाट–घण्टा लिथियम ब्याट्री रहेको छ। यसले अधिकतम ३२ कि.मी.÷घण्टा गति लिन सक्छ र ७७ कि.मी. सम्म चल्न सक्छ। यो मोडेल दैनिकी र हल्का साहसिक यात्रु दुवैका लागि उपयुक्त मानिन्छ। ‘सेग्वे जाफारी ई–साइकल’ मा ७५० वाट मोटर, ९३६ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ३२ कि.मी.÷घण्टा गति लिन सक्छ र ५८ कि.मी. सम्म चल्न सक्छ। साथै, यसमा रहेको २५ केजी रियर क्यारियर क्षमता दैनिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

यी चार मोडेलको लन्चसँगै नेपालमा सेग्वेको विद्युतीय सवारी साधनको उपस्थिति अझ मजबुत हुने अपेक्षा गरिएको छ। यसले प्रदर्शन, सहजता र दिगोपनलाई एकसाथ प्रस्तुत गर्नेछ, जसले नेपाली यात्रुहरूलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री विकल्प उपलब्ध गराउनेछ। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भोलिदेखि (अगस्ट ६) सुरु हुँदैछ, र यस वर्षको प्रमुख आकर्षणमध्ये सेग्वेका यी नयाँ मोडेल रहने निश्चित भएको छ। मूल्य र उपलब्धताको जानकारी भने एक्स्पोको क्रममा आधिकारिक रूपमा सार्वजनिक गरिनेछ।

सेग्वेको बारेमा
सेग्वे व्यक्तिगत यातायात साधन प्रदान गर्ने विश्वस्तरको कम्पनी हो। करिब दुई दशकभन्दा बढी अनुभवसहित सेग्वेले हाल ८० भन्दा बढी मुलुकहरूमा आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको छ। यसको सहायक कम्पनीहरू बीजिङ, सियाटल, लस एन्जलस, आम्स्टरड्याम, सिओल, सिंगापुरलगायत प्रमुख शहरहरूमा रहेका छन्। सेग्वे–नाइनबोटले प्रयोगकर्तालाई प्रविधिमैत्री र भविष्यमुखी सवारी साधन उपलब्ध गराउने उद्देश्यसहित निरन्तर नयाँ उत्पादन विकास गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS