IME Life New

धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान, व्यक्तिगत विवरण पेस गर्न ७ दिनको समय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ।

सरकारले गठन गरेको सिफारिस समितिले आज एक सूचना प्रकाशित गरी धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो। समितिले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात वैशाख २१ गतेसम्म कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखास्थित समितिको सचिवालयमा व्यक्तिगत विवरण पेस गर्न आग्रह गरेको छ।

Esewa
Crest

गत वैशाख ४ गते सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि धितोपत्र बोर्डमा अध्यक्षको पद खाली रहेको छ। तत्कालीन सरकारले श्रेष्ठलाई २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

हाल रास्वपाको एकल दलको नेतृत्वमा बनेको सरकारले धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। समितिका सदस्यहरुमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहाल छन्।

अब यो समितिले प्राप्त दरखास्तका आधारमा उम्मेदवार छनौट गरी धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न सरकारसमक्ष सिफारिस गर्नेछ।

वेबसाइटमा प्रकाशित गर्नुपर्ने सूचना Final 2083.01.15_kisymsk

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS