IME Life New

धितोपत्र बोर्डबाट दुई म्युचुअल फन्डलाई निष्कासन अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा म्युचुअल फन्डलाई निष्कासन अनुमति दिएको छ।

धितोपत्र बोर्डले ‘एलएस होराइजन १२ र सिद्धार्थ इक्विटी फन्डलाई २ लाई निष्कासन अनुमति दिएको हो। अब यी दुवै योजनाका इकाइहरु सर्वसाधराणका लागि खुला गरिनेछ।

Esewa
Crest

कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल रहेको एलएस होराइजन फन्ड १२ ले १ अर्ब २० करोड रुपैयाँबराबरको इकाइ निष्कासन अनुमति पाएको छ। अब यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ जारी गरिनेछ।

यसैगरी सिद्धार्थ बैंक कोष प्रवर्द्धक र सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको सिद्धार्थ इक्विटी फन्ड २ का १ अर्ब रुपैयाँबराबरको इकाइ निष्कासन अनुमति पाएको छ। अब यो योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइन जारी गरिनेछ।

यी दुवै योजना बन्दमुखी हुन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS