IME Life New

होटल इच्छासहित ३ कम्पनीको आइपीओ थपियो धितोपत्र बोर्डको पाइपलाइनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा होटल इच्छासहित ३ कम्पनीको आइपीओ थपिएको छ। धितोपत्र बोर्डमा होटल इच्छा, एसियन ब्याट्रिज र हुलास आइरन इन्डस्ट्रिजले आइपीओ जारी गर्न माग गर्दै निवेदन दिएका हुन्।

होटल इच्छाले ३५ करोड रुपैयाँबराबरको आइपीओ निष्कासन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो होटलले १०० रुपैयाँ अंकित दरका कुल ३५ लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ। होटलको आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा एसियन ब्याट्रिजले १३ करोड रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख कित्ता आइपीओ जारी गर्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

यसैगरी हुलास आइरन इन्डस्ट्रिजले भने प्रिमियम मूल्यमा आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ। बोर्डले अनुमति दिएमा यो कम्पनीले अंकित दर १०० रुपैयाँमा १५५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५५ रुपैयाँ आइपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले २ अर्ब ४८ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ९७ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS