IME Life New

शेयर लगानीकर्ताको घेराउमा धितोपत्र बोर्ड, राखे यस्ता माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारीको आन्दोलनका कारण कार्य ठप्प बनेको नेपाल धितोपत्र बोर्डमा शेयर लगानीकर्ता पुगेर झक्झकाएका छन्।

लगानीकर्ता तिकल कोइरालाको नेतृत्वमा पुगेको टोलीले आज साँझ धितोपत्र बोर्डको कार्यालयमा विभिन्न १० बुँदे माग राख्दै शेयरलाई सुधार गर्नुपर्ने माग राखेका हुन्। ‘अहिले १०–१५ जना लगानीकर्ता यहाँ आएका छन्’, धितोपत्रका एक कर्मचारीले भने, ‘उहाँहरुहरुले केही माग लिएर आउने छन्।’

Esewa
Crest

शेयर लगानीकर्ताहरुले धितोपत्र बोर्डलाई स्वायत्त निकाय कायम गर्नुपर्ने माग गरेका छन्। उनीहरुले कर्मचारीको माग सम्बोधन गर्दै धितोपत्र बोर्डको काम सुचारु गर्न पनि माग गरेका छन्।

गत भदौ ३१ गते अर्थ मन्त्रालयले परिपत्र जारी गर्दै धितोपत्र बोर्डको स्थापनाकालदेखि नै कर्मचारीले उपभोग गर्दै आएका विभिन्न सेवासुविधामा कटौती गर्ने र विगतदेखि हालसम्म कर्मचारीहरुले उपभोग गरेका सेवासुविधाको रकम फिर्ता गराउन तथा सरकारी बाँकीसरह असुलउपर गर्ने निर्णय गरेको थियो। सोही निर्णयको विरुद्धमा धितोपत्र बोर्डका कर्मचारीहरुले आन्दोलनरत छन्।

यस्ता छन् अन्य माग

  • आईपीओ र हकप्रद स्वीकृति दिने कार्ययोजनाअनुसारको काम नभएसम्म र दोस्रो बजारमा माग सिर्जना नभएसम्मका लागि आजै रोक्नुपर्ने।
  • संस्थापक शेयर साधारणमा परिवर्तन आजै रोक्नुपर्ने।
  • एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराउने कार्यविधि आजै लागू गर्नुपर्ने।
  • सूचीकृत लगानी कम्पनीहरुलाई दोस्रो बजारमा लगानी गर्न आजै स्वीकृति दिनुपर्ने।
  • असोज मसान्तमा आउने मार्जिन कल र ब्याज भुक्तानीलाई ३० दिनपछि सार्नुपर्ने।
  • ब्रोकरबाट मार्जिन कारोबारका लागि आजै स्वीकृति दिर्नुपर्ने।
  • बैंकबाट प्रवाह गरिने शेयर धितो कर्जाका लागि बैंकलाई प्राथमिक पुँजीको ४० प्रतिशत होइन, जम्मा कर्जा रकमको १० प्रतिशत सिमा कायम गर्नुपर्ने।
  • कुनै पनि कम्पनीको सेयर मूल्य ५ प्रतिशत मात्र घट्न पाउने र बढ्दा १० प्रतिशतसम्म बढ्न पाउने गरी सर्किट ब्रेकर परिवर्तन गर्नुपर्ने।
  • लगानीकर्तालाई आश्वस्त पार्न सबै नियमनकारी निकायले तदारुकता देखाई पहल गर्नुपर्ने।
  • अनिवार्य रुपमा एओएन लागू गर्नुपर्ने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS