काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ४ कम्पनीको आइपीओ थपिएको छ।
धितोपत्र बोर्डसँग थप ४ कम्पनीको आइपीओ जारी गर्न अनुमति मागेका थिए। आइपीओ निष्कासन गर्न अनुमति माग्नेमा मध्यपुर अस्पताल, इन्द्रेणी मसरुम फार्म, कालिञ्चोक इन्भेस्टमेन्ट कम्पनी र मकरीगाड हाइड्रोपावर छन्।
धितोपत्र बोर्डले अनुमति दिएमा मध्यपुर अस्पतालले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछ। यो अस्पतालको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
यसैगरी इन्द्रेणी मसरुम फार्मले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ७५ हजार कित्ता आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नै रहेको छ।
उता धितोपत्र बोर्डले अनुमति दिएमा कालिञ्चोक इन्भेस्टमेन्ट कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछ। यो अस्पतालको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
त्यसैगरी मकरीगाड हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख २७ हजार ५०० कित्ता आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।












