IME Life New

धितोपत्र बोर्डले बढायो मर्चेन्ट बैंकको अन्डरराइटिङ सीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकहरुको अन्डरराटिङ सीमा बढाएको छ।

धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले बैंक, वित्तीय संस्था र बीमा कम्पनीका सहायक कम्पनीमार्फत हुने धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ)को अधिकतम सीमा बढाउने निर्णय गरेको प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए। ‘हाल मर्चेन्ट बैंकले आफ्नो नेटवर्थको ३ गुणासम्मको रकमबराबरको धितोपत्र मात्रै अन्डरराइटिङ गर्न पाउने व्यवस्था छ’, घिमिरेले भने, ‘त्यो व्यवस्था यथावत राख्दै बैंक, वित्तीय संस्था र बीमा कम्पनीका सहायक कम्पनीले भने अब माउ कम्पनीकै नेटवर्थबराबरको अन्डरराइटिङ गर्न पाउने व्यवस्था गरिएको छ । तर, यसका लागि माउ कम्पनीले दायित्व व्यहोर्ने सुनिश्चितता गर्नुपर्ने प्रावधान तोकिएको छ।’

Esewa
Crest

धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को अनुसूची ९ को (ग) मा अन्डरराइटर (प्रत्याभूतिकर्ता)ले अन्तिम लेखापरीक्षण भएको नेटवर्थको ३ गुणासम्म अन्तरराइटिङ गर्न सक्ने र लगानी व्यवस्थापकले अन्तिम लेखापरीक्षण भएको नेटवर्थको १५ गुणासम्म लगानी व्यवस्थापन गने सक्ने व्यवस्था छ।

धितोपत्र बोर्डका चैत ७ गतेको निर्णयपछि उक्त अनुसूचीमा ‘तर, बैंक तथा वित्तीय संस्था वा बीमा कम्पनीका सहायक कम्पनी र त्यस्ता कम्पनीको मुख्य कम्पनीबीच मुख्य कम्पनीले दायित्व सकार्ने गरी करार सम्झौता भएको अवस्थामा मुख्य कम्पनीको पछिल्लो लेखारीक्षण भएको वित्तीय विवरणबमोजिमको नेटवर्थमा नबढ्ने गरी अन्डरराइटिङ गर्न सक्ने’ व्यवस्था थप गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS