IME Life New

धितोपत्र बोर्डले दियो ब्रोकर र स्टक डिलरका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) र धितोपत्र व्यापारी (स्टक डिलर)का कर्मचारीलाई ‘सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा ग्राहक पहिचान गर्दा एएमएल/सीएफटी/सीपीएफसम्बन्धी ध्यान दिनुपर्ने विषय तथा निर्देशनको परिपालना’सम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। गत जेठ ३० र असार ४ गतेसम्म चलेको कार्यक्रममा धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीका ९३ जना कर्मचारीको सहभागिता थियो।

कार्यक्रममा धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा आवश्यक कानुनी तथा नीतिगत व्यवस्था भइसकेको सन्दर्भमा सोको कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्न सबैले जोड दिए। उनले धितोपत्र व्यवसायीको क्षमता अभिवृद्धि गर्ने यस प्रकारको कार्यक्रम आगामी दिनमा समेत सञ्चालन गरिने बताए।

Esewa
Crest

यसैगरी धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक दिपेश ताम्राकारले एएमएल/सीएफटी/सीपीएफ सम्बन्धी व्यवस्थाको कार्यान्वयन पक्षमा सुधार भइरहेको उल्लेख गर्दै सहभागीहरुले यस कार्यक्रमबाट सिकेका कुरालाई आगामी दिनमा समेत प्रभावकारी रुपमा कार्यान्वयन गर्नेमा जोड दिए।

कार्यक्रममा धितोपत्र बोर्डको सम्पत्ति शुद्धीकरण निवारण शाखाका निर्देशक रितम्भरा बस्नेतले एएमएल/सीएफटी/सीपीएफसम्बन्धी आधारभूत अवधारणा, ग्राहक पहिचान सम्बन्धमा सूचक संस्थाको कर्मचारीहरुको भूमिका, ग्राहकहरुको जोखिम मूल्यांकन प्रणाली, धितोपत्र सम्बन्धी कसूर, बोर्ड तथा वित्तीय जानकारी इकाइमा रिपोर्टिङ गर्नुपर्ने विषयवस्तुहरु, सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापबाट धितोपत्र क्षेत्रमा हुन सक्ने वित्तीय लगानी निवारण सम्बन्धमा ध्यान दिनुपर्नेलगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्। कार्यक्रम सोही शाखाका सहायक निर्देशक भुवन देसारले सञ्चालन गरेका थिए।

धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि विभिन्न कानूनी व्यवस्थाहरु गरेको र सोको परिपालना सम्बन्धमा सूचक संस्थाको जोखिममा आधारित सुपरिवेक्षण गरिरहेको छ। धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा सूचक संस्थाका १५१ कर्मचारीलाई एएमएल/सीएफटी/सीपीएफ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ।

यस प्रकारको कार्यक्रमबाट धितोपत्र बजार सहभागीहरुको क्षमता अभिवृद्धि भई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका साथै स्चच्छ, पारदर्शी तथा प्रभावकारी धितोपत्र बजारको विकासमा थप सहयोग पुग्ने धितोपत्र बोर्डको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS