काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्लोबल आईएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘ग्लोबल आइएमई समुन्नत योजना–२’का इकाइ निष्कासन अनुमति दिएको छ।
योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले धितोपत्र बोर्डबाट यस योजनाको १ अर्ब २० करोड रुपैयाँबराबरको इकाइ निष्कासनको अनुमति पाएको हो। अब क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ।
यस योजनाको कोष प्रवर्द्धकका रुपमा ग्लोबल आइएमई बैंक रहेको छ भने धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिल रहेको छ।