IME Life New

धितोपत्र बोर्डबाट दुई बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ।

धितोपत्र बोर्डले आज नेपाल एसबीआई बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो। अब नेपाल एसबीआई बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर’ र शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘शाइन रेसुंगा डिबेन्चर’ जारी गर्नेछन्।

Esewa
Crest

नेपाल एसबीआई बैंकले कुल ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गर्नेछ। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

एसबीआई बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ता वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।

एसबीआई बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कुल १ अर्ब रुपैयाँको ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री गर्नेछ। जसमा ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ता वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।

एसबीआई बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS