IME Life New

चीन र रुसका राष्ट्रपतिबीचको गोप्य कुराकानी लिक, मानिसको उमेर १५० वर्ष हुने विषयले पाउँदै चर्चा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । के वैज्ञानिकहरु अब त्यो उपलब्धिको नजिक पुगेका छन्, जहाँ मानिसहरु १५० वर्षको सामान्य जीवन बिताउन सक्षम हुनेछन् ? रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको गोप्य कुराकानी माइकमा रेकर्ड भएपछि यसबारे छलफल तीव्र भएको हो।

जब बुधबार पुटिन चिनियाँ राष्ट्रपति जिनपिङसँग काँधमा काँध मिलाएर हिँडिरहेका थिए। त्यो बेला प्रत्यक्ष प्रसारणको माइकले दुईजनाबीचको कुराकानी कैद गर्यो। यसमा दुवै नेताहरु मानव अंगहरुको प्रत्यारोपण र मानिस १५० वर्षसम्म बाँच्ने सम्भावनाका बारेमा छलफल गरिरहेका थिए।

Esewa
Crest

यो कुराकानी बुधबार रेकर्ड गरिएको थियो। जब पुटिन, जिनपिङ र उत्तर कोरियाली तानाशाह किम जोङ उन दोस्रो विश्वयुद्धको अन्त्यको ८० औँ वार्षिकोत्सवको सम्झनामा बेइजिङमा आयोजित सैन्य परेडमा हिँडिरहेका थिए। चीनको राज्य प्रसारक सीसीटीभीले यो कार्यक्रमलाई समाचार एजेन्सीहरु एसोसिएटेड प्रेस र रोयटर्ससँगै विश्वव्यापी मिडिया संस्थाहरुमा प्रत्यक्ष प्रसारण गर्यो। सीसीटीभीले कभरेज टीभीमा ४० करोडभन्दा बढी पटक र अनलाइनमा १.९ अर्ब पटक हेरिएको बताइएको छ।

पुटिन र जिनपिङ तियानमिन स्क्वायरको मञ्चमा आइपुग्दा पुटिनका दोभाषेले चिनियाँ भाषामा यसो भनिरहेको सुनियो, ‘जैव प्रविधि निरन्तर विकास भइरहेको छ। मानव अंगहरु निरन्तर प्रत्यारोपण गर्न सकिन्छ। तपाइँ जति लामो समय बाँच्नुहुन्छ, तपाइँ जति जवान हुनुहुनेछ, तपाइँले अमरत्व पनि प्राप्त गर्न सक्नुहुन्छ।’

जिनपिङले जबाफ दिए, ‘केही मानिसहरुको अनुमान छ कि यस शताब्दीमा मानिसहरु १५० वर्षसम्म बाँच्न सक्छन्।’

यस कुराकानीका क्रममा किम जोङ उन मुस्कुराउँदै पुटिन र जिनपिङलाई हेरिरहेका थिए। सीसीटीभीद्वारा प्रसारित भिडियोमा पुटिनलाई रुसी भाषामा बोलेको स्पष्ट रुपमा सुन्न सकिएन। यद्यपि, पुटिनले पछि पुष्टि गरे कि उनी र चिनियाँ राष्ट्रपतिले बुधबार यस विषयमा छलफल गरेका थिए।

बेइजिङमा पत्रकारहरुले चुहावट भएको कुराकानीका बारेमा सोध्दा पुटिनले भने, ‘मलाई लाग्छ कि हामी परेड हेर्न जाँदा चिनियाँ सर्वोच्च नेताले यसबारे कुरा गरेका थिए। स्वास्थ्य सुधारका आधुनिक माध्यमहरु, चिकित्सा साधनहरु, अंग प्रतिस्थापनसम्बन्धी शल्यक्रियाहरु पनि, मानवतालाई आशा दिन्छ कि सक्रिय जीवन आजभन्दा फरक तरिकाले जारी रहनेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS