IME Life New

दोस्रो त्रैमास रिपोर्टः मुख्य वित्तीय सूचकहरुमा निफ्राको कमजोर प्रदर्शन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निफ्राले ४० करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमाससम्म बैंकले ६४ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३६.१५ प्रतिशतले घटेको छ।

Esewa
Crest

चालु वर्षको पुससम्म बैंकको सञ्चालन मुनाफा घटेर ५८ करोड ६५ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा ९१ करोड ७१ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ३६.०४ प्रतिशतले घटेको छ।

पुससम्म बैंकले ७४ करोड ७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४ करोड ४५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी २९.०९ प्रतिशतले कम हो।

चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको रिजर्भ र सरप्लसमा ३ अर्ब १८ करोड ५७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म रिजर्भ र सरप्लसमा ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ४१ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ७ अर्ब ५१ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब २६ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

चालु वर्षको दोस्रो त्रैमाससम्म बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३.८० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ५.९४ रुपैयाँ थियो। पीई रेसियो ६८.४६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ ११४.७५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS