काठमाडौं । सौर्य कृषि कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारण सभा भदौ ३१ गते बुधबार होटल क्रिष्टल पशुपति, गौशालामा विहानको ११ बजे देखि गर्ने जनाएको छ । कम्पनीको भदौ ९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सभाको मिति तय भएको हो ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८२२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल तथा स्वीकृत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणन माथि छलफल तथा स्वीकृत गर्नेछ ।
सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने,
कम्पनीको शेयरमा सर्वसाधारणको लागि निष्काशन गर्ने , संचालकहरुको बैठक भत्ता, भ्रमण खर्च तथा अन्य पारिश्रमिक सम्बन्धमा संचालक समितिका सदस्यहरुको मनोनयन लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।












