IME Life New

नेशनल वायोटेकको दोस्रो वार्षिक साधारण सभा आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वसाधारणका लागि साधारण शेयर जारी गर्न नेशनल वायोटेकले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ। नेशनल वायोटेकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर ५ गतेका लागि साधारण सभा बोलाउने निर्णय गरेको हो।

काठमाडौंको नयाँबजारस्थित ए वान क्याफे एण्ड पार्टी प्यालेसमा सम्पूर्ण शेयरधनीलाई उपस्थित हुन अनुरोध गरिएको सूचनामा उल्लेख छ। आगामी साधारण सभामा साधारण शेयर सर्वसाधारणलाई जारी गर्न विशेष प्रस्ताव गरिने कम्पनीले जनाएको छ। साधारण शेयर जारी पश्चात् प्राप्त पुँजीको उपयोग, प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, शेयर जारी गर्न र बैंकिङ कारोबार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरिने छ।

Esewa
Crest

 उक्त साधारण सभामा आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्न, लेखापरीक्षणको प्रतिवेदनसहित चालु आर्थिक वर्षको असाढ मसान्तसम्मको वित्तीय विवरण, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम २०८२/०८३ को लागि लेखा परीक्षक नियुक्तिसहित पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरूमाथि छलफल गरिने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS