काठमाडौं । आज शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । नेपाल धितोपत्र बोर्डले नेप्से र सीडीएससीलाई सर्ट सेलिङ सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै शेयर बजारमा हरियाली छाएको छ। यससँगै आज नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढेर २,६७७ को विन्दुमा कायम भएको छ । आज २५९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार ७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ । आज बजारमा भारी अंकको वृद्धि हुँदा पनि कारोबार रकम भने साढे ४ अर्बमै सीमित भएको छ । हिजो ७ अंकले बढेको बजारमा ४ अर्ब ५२ करोड माथिको कारोबार भएको थियो ।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको १७ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १५ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै श्रीनगर एग्रिटेकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले १४ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । शिखर पावरका लगानीकर्ताले १२ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस संस्थाका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।












