IME Life New

आन्दोलन रोक्न कर्मचारीसँग हारगुहार गर्दै सेबोन अध्यक्ष, राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष नारायण श्रेष्ठ आन्दोलन रोक्न कर्मचारीसँग हारगुहार गर्न थालेका छन्।

कार्यालय प्रवेशमा रोक लागेपछि अध्यक्ष श्रेष्ठले दैनिकजसो केही कर्मचारीलाई भेट्न बोलाएर आन्दोलन रोक्न हारगुहार गर्न थालेका हुन्। आन्दोलनरत कर्मचारीहरु भने आफ्ना माग अडिग नै रहेका छन्। उनीहरुले केही गर्न नसक्ने हो भने राजीनामा दिएर मार्गप्रशस्त गर्न अध्यक्ष श्रेष्ठलाई सुझाव दिँदै आएका छन्।

Esewa
Crest

अर्थ मन्त्रालयले सेवासुविधा कटौती गरेको विषयलाई लिएर करिब डेढ महिनादेखि आन्दोलनरत सेबोनका कर्मचारी छन्। गत असोज २ गते अर्थ मन्त्रालयबाट धितोपत्र बोर्डलाई लेखिएको पत्रपछि कर्मचारीहरु आन्दोलनरत हुन्। धितोपत्र बोर्डको सञ्चालक समितिले जारी गरेको कार्यविधि खारेज गर्ने राजस्व सचिवस्तरीय निर्णय अविलम्ब फिर्ता लिई सेबोनको स्वयात्तता अक्षुण्ण राख्न कर्मचारीहरुले माग गरेका छन्।

कर्मचारीको आन्दोलनका विषयमा गत बिहीबार अर्थ मन्त्रालयमा बसेको सेबोन सञ्चालक समितिको बैठक पनि निष्कर्षबिहीन बनेको थियो। ‘अध्यक्ष श्रेष्ठले सरकार र सञ्चालक कन्भिन्स गर्न सक्नुभएको छैन’, एक कर्मचारीले भने, ‘उहाँले साथीहरुलाई भेट्न बोलाउनुहुन्छ। अनि आन्दोलन रोक्न भन्नुहुन्छ। तर, हाम्रो माग पूरा हुने ग्यारेन्टी नभएसम्म कसरी आन्दोलन रोक्ने ?’

सरकार र सञ्चालकहरुले कुरा नसुनेपछि अध्यक्ष श्रेष्ठबाट पछिल्लो परिस्थितिको निकास निस्किने सम्भावना कम नदेखिएको सेबोन कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले बताए। ‘हामी यतिका दिनदेखि आन्दोलनमा छौँ’, उनले भने, ‘तर, अध्यक्षबाट खासै पहल भएको देखिँदैन।’

अब अध्यक्ष श्रेष्ठ राजीनामा दिनुको अर्को विकल्प नदेखिएको ढुंगाना बताउँछन्। ‘उहाँले साथीहरुसँग आफू राजीनामा दिन मिल्ने अवस्थामा नरहेको भन्नु भएको छ भन्ने सुनेको छु’, उनले भने, ‘पहल पनि नगर्ने अनि राजीनामा दिएर बाटो खुला पनि नगर्ने हो भने कसरी अगाडि बढ्ने ?’

सेबोनमा हिजो २ घन्टासम्म चलेको छलफलमा पनि अध्यक्ष श्रेष्ठले कर्मचारीहरुलाई आफूले जसरी भएपछि कानुनी उपचारमा जान सञ्चालक समितिबाट निर्णय गराएर ल्याउने प्रतिबद्धता गर्दै आन्दोलन रोक्न आग्रह गरेका थिए। तर, कर्मचारीहरुले सञ्चालक समितिले गरेको निर्णय ल्याएपछि मात्रै आन्दोलन रोक्ने वा नरोक्ने भन्ने विषयमा निर्णय गर्ने अध्यक्ष श्रेष्ठलाई स्पष्ट पारेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS