IME Life New

पुँजीबजार विकास कार्ययोजना सार्वजनिक गर्ने योजनामा सेबोन अध्यक्ष, संकलन गर्दै सुझावहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा गोपालप्रसाद भट्टले पुँजीबजार सुधारका लागि सरोकारवाला पक्षहरुको सुझाव संकलनलाई तीव्रता दिएका छन्।

सरकारले भट्टलाई असार ५ गते सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो। उनले अध्यक्षको कार्यभार भने असार १५ गतेबाट सम्हालेका थिए।
पदभार ग्रहणपछि अध्यक्षले सेबोनको नियामकीय क्षेत्राधिकारभित्र रहेका धितोपत्र बजार, सीडीएससी, धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर÷धितोपत्र दलाल) सम्बद्ध एसोसिएसनहरु, क्रेडिट रेटिङ एजेन्सीहरु, सर्वसाधारण लगानीकर्ता एवं पुँजीबजारसँग सरोकार राख्ने विभिन्न निकायसँग भेटघाट तथा परामर्श गरिरहेको छन्।

Esewa
Crest

त्यस क्रममा सरकारको आर्थिक वर्ष २०८३।८४ मा वार्षिक नीति तथा कार्यक्रम एवं बजेटमा उल्लिखित पुँजीबजार विकास र सुधारसँग सम्बन्धित नीति एवं कार्यक्रम, धितोपत्र बोर्डबाट आगामी आर्थिक वर्षमा कार्यान्वयन गरिने पुँजी बजार विकास मार्गचित्रसहितका कानुनी, संरचनागत, नियामकीय, प्रविधि एवं स्वस्थ, सुरक्षित, प्रभावकारी, लगानीकर्ताको हित सुरक्षित गर्ने पर्याप्त व्यवस्था भएको प्रविधिमैत्री पुँजीबजार विकासको नीति, कार्ययोजना एवं तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका योजनाको विषयमा परामर्श एवं सुझाव संकलन भइरहेको सेबोनले जनाएको छ।

सेबोनका अनुसार भेटघाट एवं परामर्शका क्रममा अध्यक्ष भट्टले बजार विकास र लगानीकर्ताको हित संरक्षणका सम्बन्धमा प्राप्त सुझावलाई लिपिबद्ध गर्दै आगामी आर्थिक वर्षको कार्य योजनामा समावेश गर्ने प्रतिबद्धता गरेका छन्। यथाशीघ्र पुँजीबजार विकास मार्गचित्रसहितको समग्र पुँजीबजार विकास कार्ययोजना सार्वजनिक गर्ने वचनबद्धता पनि उनले सरोकारवाला सबैसँग व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS