IME Life New

एआईमा आधारित बजार निगरानी प्रणाली विकास गर्ने सेबोनको नीति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एआईमा आधारित बजार निगरानी प्रणाली विकास गर्ने भएको छ।

सेबोनको आगामी आर्थिक वर्ष २०८३।८४ को वार्षिक नीतिमा बजार निगरानीका लागि एआईमार्फत गरिने नीति लिइएको हो। नीतिमा साइबर सुरक्षा सुदृढीकरण तथा पुँजीबजार अनुसन्धानलाई पनि समान महत्व दिइएको छ। यसका अतिरिक्त बजार पूर्वाधारको अधुनिकीकरण गर्ने नीति पनि सेबोनले लिएको छ।

Esewa
Crest

कर्पोरेट ऋणपत्र बजारलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, निजी इक्विटी तथा भेन्चर क्यापिटल उद्योगलाई संस्थागत गर्ने, गैरआवासीय नेपाली धितोपत्र बजारमा प्रवेश गराउने, एसएमई र स्टार्टअपका लागि वैकल्पिक पुँजी बजार विकास गर्ने तथा संस्थागत लगानीकर्ताको सक्रिय सहभागिता बढाउने दिशामा विशेष पहल गर्ने नीति सेबोनको छ।

यसैगरी सेबोनको नीतिले आव २०८३।८४ लाई ‘संरचनागत सुधार तथा संस्थागत सुदृढीकरणको वर्ष’का रुपमा परिभाषित गरेको छ। आगामी वर्षमा नियामकीय सुधारलाई तीव्रता दिँदै धितोपत्र बजारमा पारदर्शिता, उत्तरदायित्व तथा प्रविधिमैत्री व्यवस्थापनलाई संस्थागत गरिने सेबोनले जनाएको छ।

बजारमा हुने भित्री कारोबार, मूल्य हेरफेर तथा अन्य अनुचित गतिविधिमाथि प्रभावकारी नियन्त्रण गर्दै निष्पक्ष तथा विश्वासयोग्य बजार वातावरण निर्माण गरिने नीति सेबोनले लिएको छ। वित्तीय समावेशिता अभिवृद्धि गर्दै ग्रामी क्षेत्रका नागरिकलाई पनि पुँजीबजारमा सहभागी गराउने कार्यक्रम सञ्चालन गरिने सेबोनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS