IME Life New

शेयर बजारमा हुने जालझेल रोक्न निगरानी बढाउँदै सेबोन, स्वघोषित टीएलाई कस्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) शेयर बजारमा हुने जालझेल रोक्न कडा रुपमा प्रस्तुत हुने भएको छ।

लगानीकर्ताको हित र लगानी सुरक्षाका लागि धितोपत्र बोर्डले आन्तरिक रुपमा निगरानी बढाउनुका साथै केही विशेष व्यवस्था ल्याउन गृहकार्य गरिरहेको छ। इन्साइडर ट्रेडिङ, ग्रुप सेलिङ, म्याचिङजस्ता अवैध कार्यलाई रोक्न धितोपत्र बोर्ड कठोर रुपमा प्रस्तुत हुन लागेको हो।

Esewa
Crest

धितोपत्र बोर्डका सहप्रवक्ता तोलाकान्त न्यौपानेले धितोपत्र बोर्डले शेयर बजारमा हुने अवैध र गैरकानुनी कार्य रोक्न दैनिकजसो निगरानी बढाइरहेको बताए। ‘सुपरिवेक्षण महाशाखाबाट बजार खुल्ने समय ११ बजेदेखि दिउँसो ३ बजेसम्म निगरानी भइरहेको छ’, उनले भने, ‘शंकास्पद गतिविधि भएको खण्डमा थप अनुसन्धान गरेर अगाडि बढ्ने काम भइरहेको छ।’

सामाजिक सञ्जालमार्फत बजारका केही खेलाडीले सोझासाझा लगानीकर्ताले उस्काउने कार्य भइरहेको गुनासाहरु पनि आइरहेको सहप्रवक्ता न्यौपानेले बताए। ‘त्यस्ता गतिविधि गर्ने केही लगानीकर्तामाथि धितोपत्र बोर्डले निरन्तर निगरानी बढाइरहेको छ’, उनले भने, ‘गलत काम गरेको प्रमाण फेला पर्नेबित्तिक कानुनी कारबाही प्रक्रिया अगाडि बढाउँछौँ।’

यसैगरी बजारमा आफूखुसी टेक्निकल एनलाइसिस गर्नेहरुमाथि पनि निगरानी गरिरहेको न्यपौनेले जानकारी दिए। ‘टेक्निकल एनालाइसिस गरेर आफूअनुकूलको वातावरण बनाउने र आफूसँग रहेको शेयरको भाउ उचाल्नेजस्ता काम भइरहेका गुनासा पनि आएका छन्’, उनले भने, ‘यस्ता गतिविधिले फस्ने भनेका सोझा र साना लगानीकर्ता हुन्। त्यसैले यसलाई व्यवस्थित बनाउने गरी नीतिगत व्यवस्था ल्याउन धितोपत्र बोर्डमा छलफलहरु भइरहेको छ।’

सहप्रवक्ता न्यौपानेले टेक्निकल एनालिस्ट (टीए)को लाइसेन्सन दिने विषयमा छलफल भइरहेको बताए। ‘अन्तर्राष्ट्रिय बजारमा यस्ता प्राक्टिस भइरहेका छन्। नेपालमा लाइसेन्स पाएपछि मात्रै बजारका टेक्निकल एनलाइसिस गर्न पाउने व्यवस्था गर्ने विषयमा धितोपत्र बोर्डले सोचिरहेको छ’, उनले भने।

शेयर बजारको सुधारका लागि धितोपत्र बोर्डले निरन्तर पहल गरिरहेको न्यौपानेको भनाइ छ। ‘लगानीकर्ता हित र उनीहरुको लगानीको सुरक्षा गर्न धितोपत्र बोर्डले कुनै कसर बाँकी राख्दैन’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS